Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा अबैध सालको काठ सहित दुई जना पक्राउ


6.6K
Shares

गोरखामा अबैध सालको काठ सहित दुई जना पक्राउ

गोरखा, २८ जेठ : गोरखाको पालुङटार नगरपालिका–७, स्थित कोलडाँडा क्षेत्रबाट अबैध सालको काठ सहित दुई जनालाई प्रहरीले हिजो पक्राउ गरेको छ । कोलडाँडाबाट आलेबर्दा तर्फ जाँदै गरेको ग १ त ४६०१ नम्बरको ट्याक्टरमा सालको काठ लोड गरेर लैजादै गरेको अबस्था उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा स्थानीय कोलडाँडा घर भएका २८ बर्षका चन्द्र बोटे र ६२ बर्षका बुद्धि कुमाल रहेको उहाँले बताउनुभयो । साँझपख लुकीछिपी काठ लैजादै गर्दा प्रहरीले उनिहरुलाई पक्राउ गरेको डिएसपी दाहालको भनाई छ ।

ट्याक्टर सहित नियन्त्रणमा लिइएको काठ करिब ५९ दशमलव ७१ क्युफिट रहेको उहाँले बताउनुभयो । पक्राउ परेका दुवैजना सहित नियन्त्रणमा लिइएको ट्याक्टर र काठ डिभिजन बन कार्यालय गोरखामा बुझाइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको काठ गोलिया काठ भएको र पक्राउ परेकाहरुले भने घर बनाउनका लागि चिरान गर्न लैजान लागेको बताएको छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology