Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लागूऔषध र पेस्तोल सहित एक जना पक्राउ


7K
Shares

लागूऔषध र पेस्तोल सहित एक जना पक्राउ

सुनसरी २८, जेठ । अबैध लागू औषध र पेस्तोल सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुनवर्षी नगरपालिका ८ विश्वकर्मा टोल बस्ने ६० वर्षीय अब्बास मियालाई १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको २ थान गोली, १ सय मिलिलिटरको अवैध लागूऔषध स्काफ २ बोतल, नाइट्राभेट ६ सय ट्याब्लेट र १ थान चक्कुसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घरमा अबैध रुपमा हतियार राखेको गोप्य सुराककिो आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । सो क्रममा मियाँको घरबाट लागूऔषध समेत बरामद गरिएको जनाइको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology