Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा श्रीमतीलाई तन्नामा पोको पारी मर्स्याङ्दी नदीमा फाल्ने एक पुरुष पक्राउ


7.4K
Shares

गोरखामा श्रीमतीलाई तन्नामा पोको पारी मर्स्याङ्दी नदीमा फाल्ने एक पुरुष पक्राउ

गोरखा २८, जेठ । श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ बर्षका रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मस्र्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।

पक्राउ परेको कामीले आज बिहान २४ बर्षकी श्रीमती सम्झना रेग्मीलाई गोरखा र तनहुँ जोड्ने नयाँपुल स्थित झोलुङ्गे पुलबाट फालेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । कामीले श्रीमतीलाई नदीमा फालेको देखेपछि प्रहरीलाई खबर प्राप्त भएको र प्रहरीको टोली तत्काल घटनास्थलबाट नै उनलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रहरीले श्रीमतीलाई मारेर फालेको आंशकामा पक्राउ गरेको डिएसपी दाहालको भनाई छ ।

घटना लगत्तै पक्राउ परेका अभियुक्त कामीले श्रीमतीको गएराती नै मृत्यु भएकाले दाहसंस्कार गर्न एक्लैले सम्भव नभएपछि तन्नामा पोको पारी शव नदीमा फालिदिएको स्विकार गरेको डिएसपी दाहालले भनाई छ । नदीमा फालिएको भनिएको शवको खोजी भइरहेको भएपनि अहिलेसम्म फेला नपरेको उहाँले जानकारी दिनुभयो ।

कामीलाई अस्थायी प्रहरी पोष्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका कामी बेबारिसे अबस्थामा नयाँपुल मुनि ओडारमा श्रीमती सम्झनासंग बस्दै आएको खुलेको प्रहरीको भनाई छ । उनिहरुले ६ महिना अघिमात्र बिहे गरेका थिए । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थल तर्फ पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology