Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखाका ४ स्थानिय तहमा आज २२ जनामा कोरोना संक्रमण


4K
Shares

गोरखाका ४ स्थानिय तहमा आज २२ जनामा कोरोना संक्रमण

गोरखा २८, जेठ । गोरखाका बिभिन्न ४ वटा स्थानिय तहमा आज थप २२ जनामा संक्रमण पुष्टी भएको छ । धार्चे, चुम नुब्री, अजिरकोट र सिरानचोक गाउँपालिकामा र गोरखा अस्पतालमा गरिएको एन्टिजेन परिक्षणका क्रममा थप २२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

कार्यालयका अनुसार एन्टिजेन मार्फत गोरखा अस्पतालमा २ महिला र ३ जना पुरुष गरी ५ जना, धार्चे गाउँपालिकामा १ जना महिला र २ जना पुरुष गरी ३ जनामा संक्रमण पुष्टी भएको छ । त्यस्तै एन्टिजेन परिक्षणकै क्रममा चुमनुब्री गाउँपालिकामा १ जना महिला, अजिरकोट गाउँपालिकामा १ जना महिला ६ जना पुरुष गरी ७ जना र सिरानचोक गाउँपालिकामा ३/३ जना महिला र पुरुषमा गरी ६ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।

आज संक्रमण देखिएका सबैको एन्टिजेन विधिबाट परिक्षण गरिएको हो । पिसिआर परिक्षणको भने कुनै पनि नजिता प्राप्त नभएको कार्यालयले जनाएको छ । आज संक्रमण देखिएका मध्ये ८ जना महिला र १४ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology