धनगढी २८, जेठ । आज बिहान जीप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते हुनुभएको छ । डोटीको दीपायल सिलगढी नगरपालिका ४ स्थित समुहगाड रेडियो नेपाल क्षेत्रीय प्रशारण नजिकै बिहान सु प्र प ०१०० च २६१५ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दुर्घटनामा धनगढी उपमहानगरपालिका ५ तारानगर बस्ने ५० बर्षिया चालक हुकुम शाहको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते हुनुभएको शाह र सगैं रहेकी उहाँकी भतिजी २६ बर्षिया देवी कुमारी शाह घाइते हुनु भएको थियो । घाइते हुकुमको भने शैलेश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जीप सडकबाट भण्डै १ सय मिटर तल खसेका प्रहरीले जनाएको छ ।