काठमाण्डौं २८, जेठ । आज मिति २०७८ साल जेठ २८ गते । प्रतिपदा तिथि । नक्षत्रः मृगशीरा योगः शूलम्, करणः बालव, आनन्दादी । चन्द्रमाः मिथुन, सूर्यः वृष, अयनः उत्तरायण
तपाईको आजको राशिफल यस्तो
मेष : आजको तपाईको दिनचर्या सुखद तवरले बित्ने देखिन्छ । खेलकुद र सञ्चारमा राम्रो हुने योग रहेको छ । परोपकारी कार्यमा मन जानेछ । बन्धुबान्धव, इष्टमित्रबाट सहयोग प्राप्त हुने योग देखिन्छ । स्वास्थ्यले तपाईलाई पूर्ण साथ दिनेछ ।
वृष : तपाईको दिनचर्या आजको राम्रो छैन । स्वास्थ्यमा सावधानि अपनाउनुपर्ने देखिन्छ भने बोलिमा विचार नपु¥याउँदा झैझडाको सम्भावना देखिन्छ । व्यापारमा कमी आउनेछ भने नराम्रा समाचार सुन्नुपर्ने योग रहेको छ ।
मिथुन: तपाईको आजको दिन उत्कृष्ट रहेको छ । सुखद यात्राको योग रहेको छ । सामाजिक कार्यमा मन जानेछ । अध्ययनमा रुचि बढ्नेछ । आर्थिक कारोबारमा सफलता मिल्नेछ । मान सम्मानको योग देखिन्छ । सबैतिरबाट प्रशंसा हुनेछ ।
कर्कट: तपाईको आजको दिन सन्तोषजनक रहेकोछ । स्वास्थ्यमा सुधार आउनेछ । व्यापारमा राम्रो रहेको छ । मुद्दा मामिलामा विजयिको योग देख्न सकिन्छ । सकारात्मक समाचारले दिनचर्या खुसीमय बनाउने देखिन्छ ।
सिंह: तपाईको आजको दिनमा घरपरिवारबाट सहयोग प्राप्त हुनेछ । आर्थिक कारोबार राम्रो रहेको छ । अध्ययनमा मन जानेछ ।मान सम्मान र पुरस्कारले तपाइलाई प्रफुल्ल बनाउने छ । चिताएको काममा सफलता हात लाग्नेछ ।
कन्या: तपाईको आजको दिन त्यति राम्रो देखिदैन । स्वास्थ्यमा गढबढी हुने देखिन्छ । आर्थिक कारोबारमा राम्रो देखिदैन । आफन्तजनबाट धोका हुन सक्ने हुदा सावधानी अपनाउनुनै उत्तम हुने देखिन्छ ।
तुला: रोजगारीको अवसर प्राप्त हुने योग देखिन्छ । मिष्ठान्न भोजनको योग रहेको छ । रोजगारीका अवसरहरु प्राप्त हुनेछन् । व्यापार व्यवसायबाट राम्रो हुने देखिन्छ । गरेका कार्यहरु सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।
वृश्चिक: तपाईको आजको दिन ठिकै रहनेछ । गरेका कार्यहरु सम्पन्न गर्न बढी नै मेहनत गर्नुपर्ने देखिन्छ । अध्ययनमा रुचि जागृति भएपनि आलस्यताले सताउनेछ । सामाजिक कार्यमा जाँदा अपजस खप्नुपर्ने हुन्छ ।
धनु : पारिवारिक स्थितिमा सुधार आउँदा तपाइको आजको दिनचर्या सुखमय तवरले बित्ने देखिन्छ । मान–सम्मान प्राप्त हुनेछ । रोजगारीको अवसरहरु सृजना हुनेछ । महत्वपूर्ण कार्यहरु सफलतापूर्वक बन्ने दिन रहेको छ ।
मकर: तपाईको आजको दिन राम्रो छैन । साथि भाइसँग झगडाको योग रहेको छ । स्वास्थ्यमा समस्या देखिन्छ । अशुभ समाचार सुन्न पर्नेछ । जसभन्दा पनि अपजस खेप्नुपर्ने दिन आज तपाईको रहेको छ ।
कुम्भ : तपाईको आजको दिनमा रोकिएका काम बन्ने छ । रमाइले गरेर नै आजको दिन तपाईको बित्नेछ । व्यापार–व्यवसायमा राम्रो रहेको छ । धर्मकर्ममा मन जानेछ । शुभ समाचारहरु सुन्न पाइनेछ ।
मीन: सामाजिक कार्यमा सफलता प्राप्त गर्ने योग रहेकोछ । मातापिता र आफन्त मान्यजनबाट सहयोग प्राप्त हुनेछ । मुद्दा मामिलामा विजयीको यात्रा देखिन्छ । यात्रा पनि सुखद हुने देखिन्छ । पूर्णत आजको तपाईको दिन सुखद रहेको छ ।