Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अनलाईन बिधिबाट भर्ना अभियान थाल्ने देशभरका स्थानीय तहको तयारी


4.9K
Shares

अनलाईन बिधिबाट भर्ना अभियान थाल्ने देशभरका स्थानीय तहको तयारी

काठमाण्डौं २७, जेठ ।  आगामी असार १ गतेदेखि शैक्षिक सत्र २०७८ सुरु हुँदैछ । अधिकांश विद्यालय १ असारबाट भर्ना र पाठ्यपुस्तक वितरण कार्यक्रम अघि बढाउने तयारीमा छन् । शिक्षा मन्त्रालयले समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनका लागि आवश्यक प्रबन्ध मिलाउन र महामारी सामान्य नभएसम्मका लागि वैकल्पिक विधि (अनलाइन कक्षा) बाट शैक्षिक कार्यक्रम अगाडि बढाउन आफ्ना विभागहरुलाई निर्देशन दिइसकेको छ ।

स्थानीय तहहरुले पनि आफ्नो क्षेत्रका विद्यालयहरुलाई मन्त्रालयको निर्देशन अनुसार भर्ना अभियान सुरु गर्न भनेका छन् । यसअनुसार सबै विद्यालयले जेठ मसान्तसम्ममा आन्तरिक मूल्याङ्कनको परीक्षाफल प्रकाशित गरी १ असारबाट भर्ना अभियान सुरु गर्नु पर्नेछ ।

शिक्षा मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न पाठ्यपुस्तकको लागि सबै सामुदायिक विद्यालयलाई रकम निकासा गरिसकेको र नेपाल टेलिकमको क्लोजर युजर ग्रुप (सियुजी) प्याकेज प्रयोग गर्ने तयारी भइरहेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology