गोरखा २७, जेठ । गोरखामा शनिबार दिनभरी बत्ती नआउने भएको छ । नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रले कार्यालयको परिसरमा जडान भएको ६/८ MVA को पावर ट्रान्सफर्मरमा समस्य आई मर्मत सम्भार कार्य गर्नु पर्ने भएकोले बिद्युत आपूर्ती अबरुद्ध हुने भएको जनाएको छ ।
शनिवारको दिन उक्त पावर ट्रान्सफरमरवाट प्रशारण भएको नयां वजार फिडर, खोप्लाङ्ग फिडर र महेन्द्र ज्योतीवाट सप्लाई भएको स्थानहरु उक्त दिन विहान ७ वजे देखि दिउसो ३ वजेसम्म विद्युत सप्लाई वन्द हुने प्राधिकरणले जनाएको छ । निर्धारित समय भन्दा अगावै कार्य सम्पन्न भएमा अगाडी नै विद्युत सप्लाई सुचारु गर्ने जनाइएको छ ।