गोरखा २७, जेठ । कोरोना संक्रमणका कारण गोरखाका थप ३ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको बिज्ञप्तिमा जिल्लाको अजिरकोट गाउँपालिका पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिका १÷१ जना गरि ३ जनाको मृत्यु भएको पुष्टी गरेको हो ।
मृत्यु हुनेहरुमा होम आइसोलेसनमा बसेका अजिरकोट गाउँपालिकाका ६२ बर्षका एक पुरुष रहेका छने भने भरतपुर अस्पतालमा उपचाररत पालुङटार नगरपालिकाका ८० बर्षकी बृद्धा रहेकी छिन् ।
त्यस्तै सिरानचोक गाउँपालिकाका ९२ बर्षका एक पुरुषको पनि भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।