Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका दुई स्थानीय तहमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टी


1.9K
Shares

गोरखाका दुई स्थानीय तहमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टी

गोरखा २७ जेठ । गोरखाको २ स्थानिय तहमा बुधबार थप ६१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पालुङटार नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकामा गरी बुधबार थप ६१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

स्वास्थ्य कार्यालय गोरखाले उपलब्ध गराएको रेकर्ड अनुसार पालुङटार नगरपालिकामा ५७ जना महिला र ५९ जना पुरुषको पिसिआर परिक्षणका क्रममा १५ जना महिला र २१ जना पुरुषमा संक्रमण देखिएको छ ।

त्यस्तै गरी बारपाक सुलिकोट गाउँपालिकामा ५८÷५८ जना महिला र पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १७ जना महिला र ८ जना पुरुषमा संक्रमण देखिएको छ । बुधबार २ स्थानिय निकायमा ३२ जना महिला र २९ जना पुरुष गरी कुल ६१ जना संक्रमित थपिएको छ ।

यो संगै दोस्रो लहरमा कोरोना संक्रमित हुनेहरुको संख्या ३ हजार ५९२ पुगेको छ । जिल्लामा बुधबार साँझसम्म १ हजार ३९८ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology