गोरखा २७, जेठ । गोरखाको बैंकर्स क्लबको अध्यक्षमा अजितरमण खनाल सर्वसम्मत रुपमा चयन हुनु भएको छ । मेघा बैंक गोरखा शाखाका प्रबन्धक खनाल क्बलको अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।
गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकामा सञ्चालित बैंकका शाखा प्रमुखहरुको मंगलबार भएको भर्चुअल बैठकले सचिवमा सांग्रिला डेभलमेण्ट बैंकका प्रबन्धक महेश अधिकारी, कोषाध्यक्षमा एभरेष्ट बैंकका प्रबन्धक अमिर केसी चयन गरिएको छ ।
त्यस्तैगरी क्लबको सदस्यहरुमा राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धक कपिल कार्की, एनएमबी बैंकका प्रबन्धक केशव रेग्मी सर्व सम्मत चयन भएको एभरेष्ट बैंकका प्रबन्धक जानकारी दिनुभयो ।