गोरखा २६, जेठ । गोरखा सिरानचोकको जौवारी प्राथामिक स्वास्थ्य केन्द्र, भिमसेन थापा गाउपालिकाको अस्राङ कोभिड अस्पताल र खान्चोक स्वास्थ्य चौकीलाई काठमाडौंस्थित राधा पौडेल फाउण्डेसनले स्वास्थ्य सामग्री प्रदान गरेको छ । जौवारीको लागि ३ वटा बेड सेट, ३ वटा बेड साइड लकर, ३ वटा आइ. भि. ड्रिप स्ट्याण्ड, ३ वटा नेवुलाइवर, १० सेट पिपिइ, २५ पिस फेस सिल्ड, २५ वटा डिग्निटी किट, १ बि.पि सेट प्रदान गरेको छ ।
नेकपा (माओवादी केन्द्र) सिरानचोक स्वास्थ्य इकाई संयोजक नवराज पुडासैनीको समन्वयमा प्राप्त उक्त सामग्री उहाले नै सिरानचोक स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठलाई हस्तारण गर्नुभएको हो । यसै गरी अस्राङ कोभिड अस्पतालको लागि २ वटा अक्सिजन कन्सन्ट्रेटर, २ वटा बेड सेट, २ वटा बेड साइड लकर, २ वटा आइ. भि. ड्रिप स्ट्याण्ड, १ वटा नेवुलाइवर, १५ सेट पिपिइ, २० पिस फेस सिल्ड, २५ वटा डिग्निटी किट, १० वटा पल्स अक्सिमिटर प्रदान गरेको छ ।
यसैगरी खान्चोक स्वास्थ्य चौकीको लागि यसै गरी अस्राङ कोभिड अस्पतालको लागि २ वटा बेड सेट, २ वटा बेड साइड लकर, २ वटा आइ. भि. ड्रिप स्ट्याण्ड, २ वटा नेवुलाइवर, १० सेट पिपिइ, १० पिस फेस सिल्ड, २५ वटा डिग्निटी किट, ५ वटा पल्स अक्सिमिटर प्रदान गरेको छ ।
राधा पौडेल फाउण्डेसनले स्वास्थ्य सामग्रीले यस अघि पनि जौवारी र आपपिपल अस्पतालको लागि स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।