Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा स्वास्थ्य सामग्री एकद्धार प्रणालीबाट सहयोग गर्न प्रशासनको आग्रह


1.7K
Shares

गोरखामा स्वास्थ्य सामग्री एकद्धार प्रणालीबाट सहयोग गर्न प्रशासनको आग्रह

गोरखा २६, जेठ । गोरखामा आफुखुशी संक्रमित क्षेत्रमा औषधी लगायतका स्वास्थ्य सामग्री बितरण गर्न थालेपछि जिल्ला प्रसासन कार्यालयले स्वास्थ्य सामग्री एकद्धार प्रणालीबाट सहयोग गर्न प्रशासनको आग्रह छ । जिल्ला प्रसासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय मार्फत कोरोना रोकथाम र नियन्त्रण, उपचारका सामग्री बितरण आग्रह गरेको हो ।

एकद्धार प्रणालीबाट स्वास्थ्य सामग्री बितरण गर्दा आबश्यक परेका ठाउँमा स्वास्थय सामग्री पुर्याउन सकिने भएकाले स्थानीय तह वा प्रसासन मार्फत स्वास्थ्य सामग्री बाँड्न प्रसासनले भनेको छ । स्थानीय तहले स्वास्थ्य शाखा मार्फत आवश्यक परेको वडा, टोल र बस्तीमा स्वास्थ्य सुरक्षाका सामग्री बितरण गर्ने भएकाले दाताले दिएको सामग्रीको सही सदुपयोग हुने प्रसासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology