धादिङ २६, जेठ । माछा मार्न गएका बेला नदीले बगाएर एक युवक बेपत्ता हुनु भएको छ । धादिङ गजुरी गाउँपालिका वडा नम्बर १ स्थित त्रिशूली नदीमा माछा मार्न गएका युवक त्रिुशुली नदीले बगाएर बेपत्ता हुनुभएको हो ।
बेपत्ता हुनेमा सिद्धलेक ६ का २८ वर्षीय रामबहादुर विसंखे रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । विसंखे माछा मार्नका लागि जाल हान्ने क्रममा चिप्लिएर लडेपछि नदीले बगाएको जनाइएको छ ।