Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

करेन्ट लागेर बालकको मृत्यु


3.8K
Shares

करेन्ट लागेर बालकको मृत्यु

झापा २६, जेठ । करेन्ट लागेर आज बिहान एक बालकको मृत्यु भएको छ। विर्तामोड नगरपालिका–१० ठुटेबर चोकमा करेन्ट लागेर स्थानीय डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो।

घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । छ दिनअघि मात्र कचनकवल गाउँपालिका–६ का ४० वर्षीय डोलु आलम मियाको पानी खाने क्रममा पानी तान्ने मोटरबाट नै करेन्ट लागि मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology