मकवानपुर २६, जेठ । अबैध पोस्तेल र राईफल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । केराबारी गाउँपालिका वडा नम्बर ९ देबिझोडा बस्ने ५१ वर्षीय गणेश कुमार लिम्बु र बेलबारी नगरपालिका २ लालभित्ति बस्ने ४१ वर्षीय पदम कुमार लिम्बुलाई विभिन्न हतियार सहित प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गणेशको घर तलासी गर्दा प्ररीले भान्सा कोठाबाट १ थान कटुवा पेस्तोल, थ्रिनटथ्री राईफलको गोली ५ थान, गोली लोड गर्ने चाचर २ थान र पेस्तोलको गोली १ थान तथा गणेशको घर आँगनमा पार्क गरेको पदम कुमारको को१ च ८३६८ नम्बरको कार तलासी गर्दा १ थान खुकुरी र १ थान चक्कु समेत नियन्त्रणमा लिएको हो ।
यता मकावानपुर भिमफेदी गाउँपालिका ८ महाभिर गाउँस्थित सार्वजनिक खाली जग्गाको खाल्डोमा लुकाई राखेको १ थान एकनाले भरुवा बन्दुक पनि रहरीले बरामद गरेको छ ।