गोरखा २५, जेठ । गोरखा जिल्ला गुरुङ समाज युकेको सहयोगमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ स्थित सौरपानी स्वास्थ्य चौकीलाई प्राणबायु मेसिन सहयोग प्रदान गरिएको छ । कोरोना भाईरस कोभिड १९ को दोस्रो लहरको संक्रमणसंग जुघिरहेका सौरपानी बासी संक्रमितको स्वस्थ्य उपचारमा सहयोग पुर्याउन समाजले १० लिटर क्षमताको एक अत्याधुनिक प्राणवायू यन्त्र उपलब्ध गराएको हो।
समाजले त्यस बाहेक स्यानिटाईजर, मास्क तथा ज्वरो नाप्ने थर्मोमिटर आदि जस्ता कोरोना बिरुद्ध लड्ने प्रयोग हुने स्वास्थ्य सामग्री समेत स्वास्थ्य चौकीलाई उपलब्ध गराएको छ । उक्त सामग्री स्वास्थ्य चौकीकी स्टाफ नर्श बिपना थापा क्षेत्रीलाई हस्तारण गरिएको गोर्खा जिल्ला गुरुङ समाज (युके) की संस्थापक अध्यक्ष थम प्रसाद गुरुङले जानकारी दिनुभयो।
बारपाकगाउँपालिकाको अध्यक्ष बिष्णुप्रसाद भट्टको लिखित अनुरोध तथा आधिकारिक सिफारिसको आधारमा गाउँपालिका क्षेत्रका कोरोना संक्रमितहरुको उपचारका लागि सहयोग पुर्याउन उक्त सामाग्रीहरु पठाईएको हो। सौरपानी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको उक्त उपकरण आकस्मिक रुपमा आबश्यकताका आधारमा पालिका भित्रका सवै स्वास्थ्य संस्थाहरुमा प्रयोगमा ल्याउन सकिने जनाइएको छ । स्वास्थ्य सामग्री उपलब्ध गराएको गाउँपालिका अध्यक्ष भट्टले संस्थालाई धन्यबाद दिएको छ ।