गोरखा २५, जेठ । गोरखा अस्पताल र गोरखा नगरपालिकालाई लायन्स क्लब अफ गोरखाको समव्यमा आज ४ थान कन्सन्ट्रेटर सहयोग गरेको छ । टेक्सस् नेप्लीज मेडिकल एसोशियसनद्वारा गोरखा अस्पताल र गोरखा नगरपालिकाले सञ्चालमा ल्याएको आइसोलेशन सेन्टरमा प्रयोग गने गरि कन्सन्ट्रेटर उपलब्ध गराइएको हो ।
गोरखा समाज अमेरिकाको समव्यमा गोरखा नगरपालिका द्वारा निर्माण गरिएको उद्योग बाणिज्य संघको भवनमा सञ्चालनमा ल्याएको आइसोलेशन सेन्टरलाई २ थान र गोरखा अस्पतालाई २ थान कन्सनट्रेटर उपलब्ध गराईएको लायन्स क्लब गोरखाका अध्यक्ष श्यामबावु श्रेष्ठले जानकारी दिनुभयो ।
अमेरिकामा रहेका गोरखा नगरपालिका ६ तिनधारेका अन्जन श्रेष्ठ र डा.शर्मीला श्रेष्ठबाट सहयोग प्राप्त उत्त कन्सनट्रेटर एक कार्यक्रम बिच गोरखा नगरपालिका मेयर राजनराज पन्त, गोरखा अस्पतालका चिकित्सक एवम आइसोलेशन सेन्टरका प्रमुख डाअजयराज गौतमलाई हस्तान्तरण गरिएको क्बलले जनाएको छ ।
कोरोनाको महामारीमा गोरखाको स्वास्थ्य क्षेत्रमा प्रवासमा बसेर सहयोग गर्नुहुने श्रेष्ठ द्वयलाई क्लबले आभार ब्यत्त समेत गरेको छ ।