गोरखा २५, जेठ । गोरखामा एकैदिन १५४ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका बिभिन्न स्थानीयतहरुका संक्रमितहरुले कोरोना जितेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयको रेकर्ड अनुसार सोमबार जिल्लाको विभिन्न स्थानिय तहमा १ हजार ४११ जना सक्रिय कोरोना संक्रमित रहेकोमा अब संक्रमितको संख्या १ हजार २५७ जनामा झरेको कार्यालयको बिबरणमा उल्लेख छ ।
२ साता यता जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको थियो । निको हुने मध्ये अधिकाशं होम आइसोलेशनमा बस्नेहरु रहेको कार्यालयले जनाएको छ ।