Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

एमाले बिबाद : मन्त्री र पार्टी सचिव बिच कुटाकुट


4.5K
Shares

एमाले बिबाद : मन्त्री र पार्टी सचिव बिच कुटाकुट

काठमाण्डौं २५, जेठ । नेकपा एमालेको बिबाद उत्कर्षमा पुगेका बेला ओली पक्षका नेता र माधव पक्षका नेता बिच कुटाकुट भएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र रावल र प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीबीच मन्त्रालयभित्रै कुटाकुट भएको बताइएको छ । दुवैले एकअर्कालाई कुटपिट गरिएको आरोप लगाएका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रावलले मन्त्री सोडारीले उहाँको कार्यकक्षभित्रै सोमबार साँझ आफूलाई हातपात गरेको आरोप लगाउनु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टलाई बिश्वासको मत नदिन पत्र बुझाउन गएका मन्त्री सोडारीले आफुलाई कुटपिट गरेको रावलले बताउनु भएको छ । मन्त्री सोडारीले एक्कासी आएर कठालो समाउदै दुव्र्यहार गरेको आरोप रावलको आरोप छ ।

पार्टी सचिव रावललाई हातपात गरिएको भन्दै मन्त्री सोडारीलाई कारबाही गर्न एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले माग गर्नुभएको छ । तर सोडारीले भने आफूले हातपात नगरेको दावी गर्दै आउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology