गोरखा, २४ जेठ । नेकपा माओवादी केन्द्र सिरानचोक गाउँ पालिका वडा नं ३ कोभिड स्वास्थ्य इकाई हर्मीले वडा भित्र होम आइसोलेसनमा बसेका ३६ कोरोना सङक्रमित विरामीहरुको घर घरमा पुगेर पोषिलो आहार र स्वास्थ्य तथा सरसफाई सामाग्री वितरण गरेको छ । कोरोना सङक्रमित विरामीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिन र स्वास्थ्य लाभको कामना गर्न संक्रमितको घरघरमा पुगर संक्रमितहरुलाई पोशिलो आहार, स्वास्थ्य सामग्रीको कम्बो प्याकमा बितरण गरेको जनाएको छ ।
कम्बो प्याकमा संक्रमितका लागि दुई किलो गेडागुडी, १५ वटा अण्डा, एउटा हरलिक्स, पाँच वटा सावुन , २० वटा सर्जिकल माक्स, एक डिजिटल थर्ममिटर , एक बोतल स्यानिटाइजर र स्वास्थ्य सचेतना सामाग्री समावेश छ । कोभिड सङक्रमित जनताको उपचार, उद्धार र नियन्त्रणको लागी पार्टीको सबै पङति क्रियाशिल रुपमा लाग्ने पार्टी केन्द्रिय नीति र पार्टीको सिरानचोक स्वास्थ्य इकाइको निर्देशन बमोजिम वडा पार्टी कमिटिको योजना र व्यवस्थापनमा घर घरमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने, स्वास्थ्य लाभको कामना गर्ने र पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुको सहयोगमा सङ्कलित रकमबाट बिरामीहरुलाई पोशिलो आहार र स्वास्थ्य सामाग्री वितरण गरिएको कोभिड स्वास्थ्य इकाई हर्मीले जनाएको छ ।

कोभिड स्वास्थ्य इकाई हर्मीले वडा स्तरिय कोभिड व्यवस्थापन तथा समन्वय समिति हर्मीका स्वयम् सेवकहरुलाई फेस सिल्ड, एन नाइन्टि फाइभ मास्क, सर्जिकल पन्जा, सेनिटाइजर , डिजिटल थर्ममिटर, लगायतका स्वास्थ्य सामाग्रीहरु पनि हस्तान्तरण गरेको छ । महामारीमा संक्रमितसँगै रहेर उपचारमा सहजिकरण गर्ने स्वास्थ्यकर्र्र्मीहरुनै सुरक्षित भएनन् भने अझ कठिन समय आउन सक्ने तर्फ सचेत हुँदै हर्मीका साविक ९ वटै वडाका महिला स्वास्थ्य स्वमय् सेविकाहरुलाई पनि मास्क, सर्जिकल पन्जा, सेनिटाइजर , डिजिटल थर्ममिटर,लगायतका अन्य स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको कोभिड व्यवस्थापन तथा समन्वय समिति हर्मीका संयोजक तथा कोभिड स्वास्थ्य इकाई सदस्य धन बहादुर तमाङले जानकारी दिनुभयो ।
कोभिड स्वास्थ्य इकाई संयोजक शम्भु ढकाल सुवासका अनुसार समुदायमा थप कोरोना सङक्रमण फैलिन नदिन थप सतर्कता अपनाउन वडाका टोल टोलमा गठित टोल सुधार संस्था तथा समूहहरु मार्फत पार्टीको तर्फबाट हर्मीका प्रत्येक घरमा प्रति परिवार १५ वटा सर्जिकल मास्क विरणको प्रवन्ध मिलाइएको छ ।

नेकपा माओवादी केन्द्र सिरानचोक गाउँ पालिका स्तरिय कोभिड स्वास्थ्य इकाइका संयोजक नवराज पुडासैनि (गुँरास) ले भन्नुभयो “हर्मीमा स्थानिय पार्टीको कोभिड स्वास्थ्य इकाईले आफ्नै योजना र व्यस्थापनमा गरेको यो पहलकदमी देशभरका अ्रन्य पार्टी इकाइहरुले अनुसरण गर्नै पर्ने खालको छ”। ” उहाँले यो जनमुखि अभियान कोभिड सङक्रमण रहुन्जेल जारी राख्न र निरन्तर जनताको सेवामा जुट्न स्थानिय पार्टीलाई सल्लाह दिएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्र सिरानचोक गाउँ पालिका वडा नं ३ कोभिड स्वास्थ्य इकाई हर्मीले समुदायमा कोरोना संक्रमणको अवस्था र जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै कोरोना परीक्षण, विरामीहरुलाई स्वास्थ्य सामग्री र औषधि वितरणजस्ता कार्यक्रमलाई तत्काल प्रभावकारी र सहज ढङगले संचालन गरि समुदायलाई कोरोना मुक्त बनाउन तत्काल ठोस योजना अगाडि बढाउन स्थानिय सरकार सँग माग गर्दै आफ्नो पार्टी सम्भब सबै साधन स्रोत परिचालन गरि जन स्वास्थ्यको रक्षा र ख्याल राख्न प्रतिवद्ध रहेको समेत स्मरण गराएको छ ।