गोरखा २४, जेठ । पाइलट बिजय लामाले गोरखाको जुम्लेचौतारा क्षेत्रमा बसोबास गर्नेहरुलाई खाद्य सामाग्री बितरण गर्नुभएको छ । शहिद लखन गाउँपालिका ५ जुम्लेचौतारा क्षेत्रका ५२ घर धुरीलाई पाइलट लामाले आइतबार खाद्य सामाग्री बिरण गरेको स्थानिय रमेश थापाले जानकारी दिनुभयो ।
न्यानोपन संस्थाका संस्थापक अध्यक्ष समेत रहेका लामाले ५२ घर धुरीलाई चामल, दाल, तेल, नुन तथा स्वास्थ्य सामाग्रीहरु बितरण गरेको हो । लामाले सोही अवसरमा उत्त स्थानमा रहेको चौकीलाई १० थान पिपि सेट र १ थान अक्सिजन कन्सनटेटर समेत प्रदान गर्नुभएको थियो ।फाइल फोटो