Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मिल्यो गोरखा अस्पतालको बिबाद : कोभिड १९ बिरुद्ध एकजुट भएर लड्ने प्रतिबद्धता


2.3K
Shares

मिल्यो गोरखा अस्पतालको बिबाद : कोभिड १९ बिरुद्ध एकजुट भएर लड्ने प्रतिबद्धता

गोरखा २३, जेठ । गोरखा अस्पतालका मेडिकल सुपरिटेण्डन्ट र अस्पतालका चिकित्सक (एक), स्वास्थ्यकर्मी र कर्मचारी बिच उत्पन्न बिबाद मिलेको छ । आइतबार साँझ अबेरसम्म भएको छलफलबाट अस्पताल भित्र उत्पन्न बिबाद समाधान गरिएको अस्पताल प्रसासनले जनाएको छ । बिबादित पक्षहरु छलफलका लागि तयार भएपछि अस्पताल सञ्चालक समितिका अध्यक्ष बुद्धि दुवाडीको संयोजकत्वमा बसेको अस्पताल प्रसासन, कर्मचारी युनियन तथा अस्पताल व्यवस्थापन समितिको संयुक्त बैठकले बिबाद मिलाएर लैजाने भन्दै दुवै पक्ष बिच व्यक्तिगत आरोप प्रत्यारोपमा नउत्रने सहमती भएको अस्पताल प्रसासनले साँझ जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै दुवै पक्षले आआफ्ना कमिकमजोरीको आत्माआलोचना गर्दै कमिकमजोरीलाई सुधार गरेर जाने सहमति गरेका हुन् । बिबाद चर्किदै गएपछि अस्पताल कर्मचारी युनियनले अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा भूर्तेललाई तत्काल हटाउन माग गर्दै जिल्ला प्रसासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका थिए । समस्या समाधानका लागि अस्पताल प्रसासनले सवै पक्षलाई राखेर छलफल गरेपछि बिबाद साम्य भएको हो ।

त्यस्तै महामारीको बिषम परिस्थितीमा सवै चिकित्सक स्वास्थ्यकर्मी कर्मचारी कोभिड बिरुद्धको लडाई लड्ने सहमती भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । अहिलेको बिबादमा अल्झिएर बस्नेत बेला होइन, उहाँले भन्नुभयो, कमीकमजोरी सवैको नभएका होइनन् तर त्यसलाई सुधार गर्दे जाने र कोभिड १९ का बिरुद्धको लडाईमा अग्रमोर्चामा रहेर आमनागरिकको जीवन रक्षामा जुट्ने अहिलेको आबश्यकता हो, हामी यसैलाई मनन गरेर अघि बढ्न सवै जना प्रतिबद्ध छौ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology