इलाम २३, जेठ । जंगली च्याउ खादा ४ जना बिरामी परेका छन् । बिरामी परेका मध्ये २ जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
च्याउ खाएर बिरामी पर्नेहरुमा इलामको सन्दकपुर गाँउपालिका १ खोलाघारीका ५२ का जित बहादुर राई, बर्ष ५० का टिका बहादुर राई, ईलाम नगरपालिका ३ पुवामझुवा बस्ने बर्ष ३५ को बिरमान राई र उहाँकी श्रीमती बर्ष ३२ कि बिष्णु कुमारी राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
जितबहादुर र टिकाबहादुरले जंगबाट खोजेर ल्याएको च्याउ बिरमानको घरमा पकाएर खाएका थिए । बिरामी भएका मध्ये जितबहादुर र टिकाबहादुर राईको अवस्था गम्भिर रहेको जनाइएको छ ।