Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा ट्याक्टर दुर्घटना, २० बर्षका युवकको घटनास्थलमै मृत्यु


6.9K
Shares

गोरखामा ट्याक्टर दुर्घटना, २० बर्षका युवकको घटनास्थलमै मृत्यु

गोरखा, २३ जेठ । गोरखाको पालुङटार नगरपालिका– ९ बिर्दीबजारमा ट्याक्टर दुर्घटनामा परि एक युवकको घटनास्थलमै मृत्यु भएको छ । गएराती खोप्लाङको मसाने ठाँटीबाट बिर्दी तर्फ गइरहेको ग १ त ४२७८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।

दुर्घटनामा परि मृत्यु हुनेमा धादिङको दार्खा गाउँपालिका वडा नम्बर ३, घर भएका २० बर्षका याकुव तामाङ रहेको उहाँले बताउनुभयो । दुर्घटनाको कारण खुल्न नसकेको डिएसपी दाहालको भनाई छ । ट्याक्टरका चालक र ट्याक्टर धनीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology