बुटवल २३, जेठ । घाँटीमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या भएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका मनौराका अन्दाजी ३५ वर्षका महेन्द्र यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो ।
यादवको शव घर भन्दा झण्डै एक किलोमिटर पश्चिम नाला नजिकै भेटिएको उहाँको भनाई छ । मृतकको शव भैरहवा स्थित भीम अस्पताल पोष्टमार्टम गराई घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।