Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मलेसियामा एक नेपाली कामदार मृत भेटिए


1.5K
Shares

मलेसियामा एक नेपाली कामदार मृत भेटिए

काठमाण्डौ २३, जेठ । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका एक नेपाली कामदारको मृतवस्थामा भेटिएका छन् । पर्साको विरगञ्ज उपमहानगरपालिका वडा नम्बर २८ घर भएका रुपनारायण महरा हिजो (शनिबार) बिहान मृतावस्थामा भेटिएका हुन् । राति खाना खाएर ओछ्यानमा सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको बताइएकोे छ ।

उनको हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने सहकर्मीहरुको आशंका छ । मृतक महराको शव पोष्टमार्टमका लागि मलेसिया बातुपहातको सुल्तान अस्पतालमा राखिएको र पोष्टमार्टम पछि नेपाल पठाइने कम्पनीले बताएको छ । मृतक महरा मलेसियाको जोहोरबारु बातुपहात शहरको सोङलिनमा कम्पनीमा विगत ९ वर्षदेखि काम गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology