दाङ २३, जेठ । झण्डै डेढ लाख रुपैयाँ नगदसहित जुवाको खालबाट ६ जनालाई प्रहरीले पक्राउ गरको छ । दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित एक होटलमा जुवा खेलिरहेका बेला गएराती प्रहरी ६ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको टोलीले होटल सञ्चालकसहित उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको साथबाट नगद एक लाख ३९ हजार रुपैयाँ र एक गड्डी ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।