सिराहा २२, जेठ । अज्ञात समुहको गोली प्रहारबाट शनिबार (आज) एक जना गम्भीर घाइते हुनुभएको छ । सिराहाको मिर्चैया नगरपालिकाका ५ का ४२ वर्षिय रामसागर साफी माथि अज्ञात समुहले गोली प्रहार गरि घाइते बनाएको प्रहरीले जनाएको छ ।
राती करिब ८ बजेको समयमा सापी माथि गोली प्रहार भएको हो । उहाँको हात र तिग्रामा गोली लागेको सिराहा प्रहरीले जनाएको छ । घाईते साफीको मिर्चैयामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको र घटनामा संलग्नको खोजी भइरहेको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।