गोरखा २०, जेठ । गोरखाको भीमसेन थापा गाउँपालिका -७, बोर्लाङ स्थित बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । एकएक पाइला सामुदायिक स्वास्थ्य केन्द्र काठमाण्डौले बोर्लाङ स्वास्थ्य चौकीलाई कोरोना संक्रमणको रोकथाम र न्यनिकरणका लागि सहयोग पुर्याउन स्वास्थ्य सामग्री उपलब्ध गराएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
केन्द्रले स्वास्थ्य चौकीलाई १ सय वटा आइसोलेसन किट, १ सय थान मेडिकल किट सहयोग प्रदान गरेको उहाको भनाई छ । त्यस्तै संक्रमितहरुलाई आइसोलेसनमा बस्दा आबश्यक पर्ने स्वास्थ्य सामग्री, संक्रमितको प्रतिरोधात्मक क्षमता बढाउने औषधी, सेनिटाईजर लगायतको स्वास्थ्य सामग्री समेत उपलब्ध गराएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
स्वास्थ्य चौकी सञ्चालक समितिको मार्फत संस्थाले स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । संस्थाले उपलब्ध गराएको स्वास्थ्य सामग्री करिब २ लाख बराबरको रहेको जनाइएको छ ।