गोरखा २०, जेठ । गोरखामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ११ का ५२ बर्षिय एक पुरुष, बारपाक सुलिकोट गाउँपालिकाका वडा नम्बर २ की २६ बर्षकी एक महिला उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको छ ।
गोरखा नगरपालिकाका ति पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । गोरखा अस्पतालमा एन्टिजेन परीक्षणमा कोरोना पुष्टी भएका उहाँलाई उपचारका लागि चितवन पठाइएको थियो । काठमाण्डौमा मृत्यु भएकी महिलाको काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
उहाँमा यही जेठ १५ गते कोरोना पुष्टी भएको थियो ।
त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाका ६३ बर्षका एक पुरुषको पनि बारपाक स्थित घरमै गएराती मृत्यु भएको छ । यहीँ जेठ ६ गते उपचारका लागि चितवन पुर्याइएका ति पुरुषलार्य केही दिन पहिले घर ल्याइएको थियो ।