गोरखा २०, जेठ । गोरखा नगरपालिका क्षेत्र भित्र विहिबार सात जना कोरोना संक्रमण पुष्टी भएको छ । नगरपालिकाको वडा नम्बर ८ मा संक्रमितहरु थपिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिनुभयो ।
यही जेठ १८ गते १९ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको पठाइएको मध्ये सात जनाको रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभयो । संक्रमितहरुमा वडा नम्बर ८ का ३५ बर्ष, १३ बर्ष, ३४ बर्ष, र ३२ बर्षका ४ पूरुष तथा ३० बर्ष, २८ बर्ष र ३१ बर्षका ३ जना महिला रहेका छन् ।