गोरखा २०, जेठ । गोरखाको धार्चे गाउँपालिका स्थित एक बिधालयले स्कुललाई आत्मानिर्भर बनाउन केरा खेती सुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ माछीखोलमा रहेको नव जागृति माध्यामिक बिधालयलाई आर्थिक रुपमा आत्मा निर्भर बनाउन त्यहाँका महिलाहरुले सामुहिक केरा खेती सुरु गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुडले जानकारी दिनुभयो ।
स्थानीय माछीखोला महिला समुहले स्कुल हाता भित्र श्रमदान गरि केरा खेत गर्न थालेको उहाँको भनाई छ । बिधालय हाता भित्र उम्र्रिएको झाँडीलाई हटाएर केरा लगाउने र त्यसको उत्पादनबाट बिधालयलाई आर्थिक आयआर्जन हुने भएकाले गाउँपालिकाले योजना अनुसार केराखेती गर्न लागिएको हो ।