Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तीन तल्ला माथि आइसोलनबाट हाम्फाल्दा कोरोना संक्रमितको मृत्यु


2K
Shares

तीन तल्ला माथि आइसोलनबाट हाम्फाल्दा कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमित एक पुरुषले आफै बसेको आइसोलेसनको ३ तल्ला माथिबाट हाम्फालेर ज्यान फालेका छन् । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ६ मांखाका ५३ वर्षीय रत्नबहादुर तामाङको गएराति हाम्फालेर ज्यान फालेका हुन्।

तामाङ जुगल गाउँपालिकामा रहेको रत्न राज्य माविमा रहेको आइसोलसनमा बसेका थिए। कोरोना संक्रमण देखिएपछि गत १७ गते यहाँ भर्ना भएका उनले गए राति करिब १: १५ बजे तेस्रो तलाबाट हाम फालेका हुन्।

हामफालेपछि घाइते भएको उनलाई अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको जुगल आइसोलेन केन्द्र व्यवस्थापन समितिका संयोजक पुष्पराज तिमल्सिनाले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology