मकवानपुर १९, जेठ । दुई ओटा ट्रक एक आपसमा जुध्दा दुईजनाको मृत्यु भएको छ । वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ५९६३ नम्बरको ट्रक र सोही दिसाबाट आउँदै गरेको ना५ख १८६४ नम्बरको चामल बोकेको ट्रक एकआपसमा ठक्कर खाँदा अन्दाजी ३० वर्ष र आन्दाजी ३५ वर्षीय दुई जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातमाटेमा भएका उक्त दुर्घटना परि घाइते भएकाहरुको सन्चो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । मृतक दुवैको पहिचान खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।