Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बन्द घर भित्र एक पुरुषको सडेको अबस्थामा शव फेला


4.2K
Shares

बन्द घर भित्र एक पुरुषको सडेको अबस्थामा शव फेला

जनकपुर १९ जेठ । एक पुरुषको शव घर भित्र सडेको अबस्थामा फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ बसहिया रोड स्थित स्थानीय वैद्यनाथ झाको घरमा प्रहरीले सडेगलेको अवस्थामा अन्दाजी ३० वर्षका पुरुषको शव फेला पारेको जनाएको छ ।

बाहिरबाट ताला लगाएको घरको ओछ्यानमा सिरकले छोपेको अवस्थामा शव फेला परेको प्रहरीको भनाई छ । वरपर दुर्गन्ध फैलिएपछि घटना सार्वजनिक भएको थियो ।

स्थानीलयले प्रहरीलाई घरभित्र दुर्गन्ध आएको जानकारी गराएपछि प्रहरीको टोली घर फोडेर हेर्दा शव भेटिएको हो । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology