जग्गामा पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसरे पु्रिदा आज दुई जनाको मृत्यु भएको छ । काठमाण्डौको पुरानो नैकाप स्थित चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ कङ्कालिनी मन्दिर नजिकै प्लटिङ गरिएको जग्गामा पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर पुरिँदा दुई जना कामदारको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
मृत्यु हुनेहरुमा उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ घर भएकी सीता राई र मकवानपुरको राङसिराङ गाउँपालिका वडा नम्बर ९ घर भएकटेकबहादुर चेपाङ रहेका छन् । घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।