Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

प्रहरीले वडाध्यक्षलाई दुर्व्यहार गरेपछि सवै वडा कार्यालय बन्द


2.6K
Shares

प्रहरीले वडाध्यक्षलाई दुर्व्यहार गरेपछि सवै वडा कार्यालय बन्द

प्रहरीले वडाध्यक्षलाई दुर्व्यहार गरेको बिरोधमा एक स्थानीय तहका सवै वडा कार्यालय बन्द गरिएको छ । दाङ जिल्लाको घोराही उपमहानगरपालिका- ५, का वडाध्यक्ष रमेश पाण्डेमाथि व प्रहरीले दुर्व्यवहार गरेको भन्दै विरोधमा घोराहीका सबै वडा कार्यालय बन्द गरिएको हो ।

जिल्लाा प्रहरी कार्यालय अगाडि प्रहरीले स्कुटर रोकेर दुर्व्यवहार गरेको भन्दै उपमहानगरका १९ वटै वडा कार्यालय बन्द गरिएको हो । प्रहरीले जनप्रतिनिधि माथि नियोजित रुपमा दुव्र्यवहार गरेका जनप्रतिनिधिहरुको आरोप छ । जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले नियोजित रुपमा नभई प्रहरीले नचिनेकाले चेकजाँचका लागि भन्दै कमजोरी स्विकार गरिसक्नु भएको बताइएको छ ।

कागजपत्र र परिचयपत्र देखाउँदा देखाउंदै पनि प्रहरी कार्यालय अगाडि वडाध्यक्षलाई रोकेर प्रहरी निरीक्षक रामनारायण गुप्ताले एक किलोमिटर अगाडिबाट स्कुटर सुस्त गतिमा किन नचलाएको भन्दै निहुँ खोजेको दावी जनप्रतिनिधिहरुले गरेका छन् । वडाध्यक्ष पाण्डेले आफू वडावासीका लागि अक्सिजन सिलिण्डर खोज्न निस्किएका बेला प्रहरीले रोकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology