Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका एक कोरोना संक्रमितको उपचारका क्रममा आज मृत्यु


5.2K
Shares

गोरखाका एक कोरोना संक्रमितको उपचारका क्रममा आज मृत्यु

गोरखाका एक कोरोना संक्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ । जिल्लाको पालुङटार नगरपालिका २ सुन्तलेका ४२ बर्षिय पुरुषका बुधबार बिहान चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले पुष्टी गरेको हो ।

स्वास्थमा समस्या आएपछि स्थानीय आँपपिपल अस्पतालमा उपचार गरिरहेका उहाँको पिसिआर परिक्षणका क्रममा कोरोना संक्रमण देखिए संगै थप उपचारको लागि अस्पतालले चितवन मेडिकल कलेज रिफर गरिएको थियो ।

मृत्तकका आफन्तका अनुसार ५/६ दिन अगाडी आँपपिपल अस्पतालले थप उपचाको लागि चितवन पठाएको र सिएमसीमा उपचार भई रहदा आज बिहान मृत्यु भएको हो । मृतककको आजै हिन्दु संस्कार अनुसार गोरखाको चोरकाटे क्षेत्रमा दाहसंस्कार गर्न शव गोरखा लगिएको छ ।

स्वास्थ्य मापदण्ड अपनाएर उनका ५ जना आफन्त भएर चोरकाटेको दरौदी नदीमा शवको दाहसंस्कार गर्न लागिएको पालुङटार नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology