मृतावस्थामा अन्दाजी ३ बर्षको एक चितुवा फेला परेको छ । पर्वतको महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको बन कार्यालयले जनाएको छ । चितुवा के कारणले मर्यो भन्ने खुलेको छैन ।
मृत चितुवालाई सव डिभिजन वन कार्यालय लुंखुदेउराली, स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा वन कार्यालयको परिसरमा खाडलमा पुरिएको कार्यालय जनाएको छ । फाइल फोटो