Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

लागू औषध र भरुवा बन्दुक सहित दुई युवक पक्राउ


6.6K
Shares

लागू औषध र भरुवा बन्दुक सहित दुई युवक पक्राउ

लागू औषध र भरुवा बन्दुक सहित जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका ४ का ३८ वर्षीय डम्बर बहादुर पुन र ३४ बर्षका जितबहादुर पुन रहेको प्रहरीले जनाएको छ ।

दुवैजना बिशेष सूचनामा आधारमा खटिएको प्रहरीको टोलीले घरबाट नै नियन्त्रणमा लिएको हो । उनिहरुको साथबाट एक थान भरुवा बन्दुक, करिब ४ केजी ७ सय ग्राम अवैध लागूऔषध चरेश तथा करिब ४ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो बरामद भएको प्रहरीको भनाई छ ।

पक्राउ परेका दुवैका साथबाट छुट्टा छुट्टै लागू औषध बरामत भएको हो । दुवै जना माथि थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology