आफैले चलाएको ट्याक्ट पल्टिदा आज साँझ चालकको मृत्यु भएको छ । तनहुँको व्यासनगरपालिका–५ चापघाटबाट झापुटार तर्फ जाँदै गरेको ग १ त २६३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा ट्याक्टरका चालक २८ बर्षका भीमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ऋषिङगाउँपालिका घर भएका चालक थापाको घटनास्थलमै मत्यु भएको प्रहरीको भनाई छ । ट्याक्टर सडकबाट झण्डै ४० मिटर तल खसेको थियो । मृतकको शव पोष्टमार्टमको लागि दमौली अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।