स्वास्थ्यमा समस्या आएपछि काठमााण्डौमा उपचारका लागि पठाइएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ बारपाककी २४ बषिर्या महिलाको उपचारका क्रममा आज करिब साढे ४ बजेको समयमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
लगातार ४ दिनदेखि स्वास्थ्य अबस्था जटिल बनेपछि उहाँलाई शनिबार हेलिकोप्टर मार्फत उद्धार गरी काठमाण्डौ पठाइएको थियो । अस्पतालमा कोरोना पोजेटिभ पुष्टी भएको ति महिलाको बारपाकमा गरिएको एन्टिजेन परीक्षणका क्रममा भने कोरोना नेगेटिभ देखिएको थियो । उहाँको काठमाडौँको मेडिसिटी अस्पताल उपचार भईरहेको थियो ।