गोरखा नगरपालिका भित्रका बिभिन्न वडामा आज थप ८ जनामा कोरोना पुष्टी भएको छ । नगरपालिका भित्र एन्टिजेन परीक्षण गरिएका ३७ जना मध्ये ८ जनाको रिर्पोट पोजेटिभ आएको नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिनुभयो ।
संक्रमण पुष्टी हुनेमा वडा नम्बर ८ का ३ परुष एक महिला, वडा नम्बर ६ मा एक महिला तथा एक पुरुष, वडा नम्बर १ का एक पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर ९ का एक पुरुषमा पनि एन्टिजेन परीक्षणका क्रममा कोरोना पुष्टी भएको उहाँले बताउनुभयो ।
नगरपालिका भित्र आज नै थप १९ जनाको पिसिआर परीक्षणका लागि स्वांब संकलन गरिएको अर्यालले जानकारी दिनुभयो ।