बागलुङ १८, जेठ । चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिकाका वडा नम्बर ५ मा चट्याङबाट १२ बर्षका बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागि मृत्यु हुनेमा सोही सुवास पेमी रहनु भएको छ ।
घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिनुभयो ।