गोरखा १८, जेठ । नेकपा माओबादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको टोली आज दर्बुङ पुगेको छ । दर्बुङ क्षेत्रमा कोरोना भाइरस (कोभिड १९) को जोखिमा परेका परेका नागरिकहरुको एन्टिजेन परीक्षणका लागि नेता हरिराज अधिकारी सहित २ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली सहित दर्बुङ पुग्नु भएको हो ।
गण्डकी गाउँपालिका वडा नम्बर ५ दर्बुङ स्थित दर्बुङ स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको टोलीले त्यहाँ कोरोना लक्षण देखिएका, संक्रमितको सम्र्पकमा परेका तथा उच्च जोखिममा रहेकाहरुको कोरोना परीक्षण गर्ने जनाइएको छ ।