गोरखा १८, जेठ । नेकपा माओबादी केन्द्रका प्रबक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) को नेतृत्वमा रहेको चिकित्सक सहितको सोमबार (हिजो) गोरखाको ३ स्थानमा पुगेर कोरोना परीक्षण गरेको छ । जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर २ को सिमपानी, वडा नम्बर ५ पालुड्टार र गोरखा नगरपालिका वडा नम्बर १३ देउरालीमा पुगेर उहाँको नेतृत्वमा रहेको चिकित्सक सहितको टोलीले नागरिकहरुको एन्टिजेन परीक्षण गरेको हो ।
सिमपानीमा गरिएको एन्टिजेन ४९ जनामा मध्ये १ जनामा मात्र कोरोना पोजेटिभ देखिएको परीक्षणमा सहभागी चिकित्सकले जानकारी दिएका छन् । त्यस्तै टोलीले पालुङटार नगरपालिकाको वडा नम्बर ५ मा पनि २९ जनाको एन्टिजेन परीक्षण गराएको प्रबक्ता श्रेष्ठका स्वकिय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
गोरखा नगरपालिका वडा नम्बर १३ स्थित देउरालीमा गरिएको १३ जनाको एन्टिजेन परीक्षणका क्रममा कसैमा कोरोना पोजेटिन नदेखिएको जनाइएको छ । एन्टिजेन परीक्षण गराएका मध्ये ३ जनामा कोरोना पुष्टी भएको छ । संक्रमण पुष्टी भएका सवैलाई निशुल्क औषधी सहित उचित परार्मस प्रदान गरेको जनाएको छ ।
शनिबार गोरखा आइपुगेर कोरोना प्रभावित क्षेत्रमा पुगेर संक्रमणको जोखिममा परेका नागरिकहरुको एन्टिजेन परीक्षण गराउदै हिड्नुभएका प्रवक्ता नेतृत्वको टोलीले हिजो जिल्लाको बारपाक सुलिकोट गाउँपालिका सौरपानी र पाँचखुवा देउरालीमामा पुगेर नागरिकहरुको एन्टिजेन परीक्षण गराएको थियो ।