Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा बक्राङका ७७ घरपरिवारलाई कोरोना बिरुद्ध लड्न स्वास्थ्य सामग्री वितरण


3.1K
Shares

गोरखा बक्राङका ७७ घरपरिवारलाई कोरोना बिरुद्ध लड्न स्वास्थ्य सामग्री वितरण

गोरखा १८, जेठ । गोरखाको बक्राङका ७७ घरपरिवारलाई कोरोना बिरुद्ध लड्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ । जिल्लाको सहिद लखन गाउँपालिका वडा नम्बर ७ मा पर्ने सुनडाँडा,पिपपलछाप,बक्राङ गाल्धुक, ल्होपा गाउँमा रहेका ७७ घरधुरीका लागि स्वास्थ्य सामग्रि वितरण गरिएको हो ।

गाउँमा कोरोना भाइरसको संक्रमणका बिरामीहरु बढ्न थालेपछि बक्राङ घर भइ हाल जापानमा कार्यरत सरिता थापामगरेको सहयोग स्वास्थ्य सामग्री बितरण गरिएको जनाइएको छ । सो क्रममा उनिहरुलाई मास्क,स्यानीटाइजर, ज्वरो मापन गर्ने थर्मोमिटर उपलब्ध गराइएको हो ।

प्रत्येक घरधुरीका लागि ५० थान मास्क, दुइ बोतल स्यानीटाइर र एक थान थर्मोमिटर प्रदान गरिएको सहयोग हस्तान्तरण स्थानीय गणेश थापाले जानकारी दिनुभयो । सो क्षेत्रमा मात्र अहिलेसम्म २० जना नागरिकमा कोरोना संक्रमणको पुष्टी भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology