Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बनमन्त्री आलेमगरको पहलमा जिउदै आगो लगाइएकी महिलाको हेलिकप्टरबाट उद्धार


4.1K
Shares

बनमन्त्री आलेमगरको पहलमा जिउदै आगो लगाइएकी महिलाको हेलिकप्टरबाट उद्धार

डोटी १७, जेठ । जिउदै जलाइएकी डोटीको आदर्श गाउँपालिका ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटको हेलिकप्टरबाट उद्धार गरिएको छ । जेठ १२ गते राति १२ बजे आफ्नै पसलमा सुतिरहेको बेला भाटलाई प्रज्वलनशिल पदार्थ छर्केर आगो लगाईएको थियो । लक्ष्मीको उपचार डोटीकै राजपुरस्थित सुजङ्ग अस्पतालमा भईरहेको थियो ।

अस्पतालले उनको थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बताउदै पाँच दिन पहिला रिफर गरिदिएको थियो तर परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनि अस्पतालमै थिईन् । वन तथा वातावरण मन्त्री प्रेम आलेमगरको विशेष पहलमा अर्थमन्त्री विष्णु पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा डोटी पुगेको नेपाली सेनाको हेलिकप्टरबाट भाटलाई काठमाडौँ लगेको वन मन्त्री आलेका स्वकिय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

आगो लगाएर फरार भएका उनका श्रिमान सन्तोष भाट अहिले सम्म सम्पर्कमा आएका छैनन् । आफ्नै पसलमा राति सुरहिकी लक्ष्मिलाई पसलको खोपबाट प्रज्वलनशिल पदार्थ छर्केर त्यही खोपबाट आगो भित्र कोठामा फालेको हुन सक्ने प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा जेठ १६ गते मात्रै सन्तोष भाट विरुद्ध ज्यान मार्ने उद्योगमा लक्ष्मिका दाईले मुद्दा दर्ता गराएका छन् । सन्तोषको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology