Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा जिल्लामा आज एकैदिन २४० जनामा कोरोना पुष्टी


3.5K
Shares

गोरखा जिल्लामा आज एकैदिन २४० जनामा कोरोना पुष्टी

गोरखा १७ जेठ । गोरखा जिल्लाभर आज २४० जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निदेृशनालयले आइतबार जारी गरेको प्रेस बिज्ञप्तिमा जिल्लामा एकैदिन १९४ जना महिला र ४६ जना पुरुषमा संक्रमणको पुष्टी भएको जनाएको छ । संक्रमण पुष्टी भएकाहरुमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा को वडा नम्बर १ र २ मा मात्र १३० जना रहेका छन् ।

त्यसबाहेक सहिद लखन गाउँपालिका र भीमसेन थापा गाउँपालिकामा पनि संक्रमणको पुष्टी भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले पुष्टी गरेको छ । सहिद लखन गाउँपालिकामा पनि आइतबार (आज) मात्र ४९ जनामा कोरोना पुष्टी भएको छ । पछिल्लो समय सहिद लखन गाउँपालिका भित्र संक्रमण दर उच्च छ ।

प्राप्त विवरण अनुसार शहिद लखन गाउँपालिकाको वडा नम्बर ६ मा १२ जना र ७ मा ३७ जनामा संक्रमण देखिएको छ । यता भिमसेन थापा गाउँपालिकामा भने वडा नम्बर १ र ८ मा २÷२ जनामा कोरोना संक्रमण देखिएको छ । निर्देशनालयका अनुसार गण्डकी प्रदेशका ११ जिल्ला मध्ये आइतबार गोरखमा सवै भन्दा धेरै जनामा संक्रमण भएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology